काठमाडौं । आठौं ओसन कप यू-१३ राष्ट्रिय फुटबल प्रतियोगिता सोमबारबाट सुरु भएको छ ।
गोरखास्थित द ओसन क्लबको कृतिम मैदानमा सोमबार ८ खेलहरु भएको छ ।
पहिलो खेलमा द ओल्ड क्यापिटल माबिले काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-० ले हराएको छ ।
दोस्रो खेलमा एबीसी फुटबल एकेडेमीले काठमाडौं किकर्सलाई ५-४ ले हराएको छ ।
तेस्रो खेलमा लक्ष्मी सामुदायिक शिक्षा सदनले अल स्टार क्लबलाई ५-४ ले हराउँदा चौंथो खेलमा नव जन जागृति युवा क्लबले द ओसन क्लबलाई ३-१ ले हराएको छ ।
त्यस्तै पाँचौं खेलमा समाज कल्याण खेलकुद केन्द्रले नमुना खेलकुद क्लबलाई ५-४ ले हराउँदा छैटौं खेलमा लक्ष्मी सामुदायिक शिक्षा सदनले काठमाडौं किकर्सलाई ६-३ ले हराएको छ ।
सातौं खेलमा एबीसी फुटबल एकेडेमीले द ओल्ड क्यापिटललाई ६-३ ले हराएको छ भने आठौं खेलमा गैह्राबारी फुटबल क्लबले हिल्ली फिल्डर्स गोरखा एफसीलाई ५-४ ले हराएको छ ।
द ओसन क्लब गोरखाको आयोजनामा जारी प्रतियोगिता चैत ३० गतेसम्म संचालन हुनेछ ।
प्रतियोगितामा देशभरका एकेडेमी, क्लब र विद्यालय गरि १२ टोलीको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले ट्रफीसहित नगद २० हजार पाउने छन् । उपविजेताले १० हजार पाउने छन् । उत्कृष्ट खेलाडीले विशेष पुरस्कार पाउने आयोजकले जनाएको छ ।