अभिलाषा ‘मेन ड्र’ मा
सोमबार, २७ चैत्र २०७९खेलपाटी संवाददाता
काठमाडौं । नेपालकी अभिलाषा विष्ट डब्लुटीए २५ के टेनिस प्रतियोगिताको ‘मेन ड्र’ मा प्रवेश गरेकी छन् ।
‘मेन ड्र’ का लागि भएको छनोट प्रतिस्पर्धामा अभिलाषाले भारतकी अस्मिता इस्वारामुर्थीलाई ६–१, ०–६ र १०–७ ले पराजित गरेको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन् ।
नेपाली टेनिसको इतिहासमा डब्लुटीए २५ के टेनिसमा कुनैपनि नेपाली खेलाडी ‘मेन ड्र’ मा प्रवेश गरेको यो नै पहिलो पटक भएको सदस्य विष्टले जानकारी गराए ।
प्रतियोगिता बुरुन्डीमा भइरहेको छ ।
अभिलाषा ‘मेन ड्र’ मा










-1770033375229.jpg&w=3840&q=75)




-1770007908441.webp&w=3840&q=75)
-1769997348347.webp&w=3840&q=75)