• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
गल्फ
  • गृहपृष्ठ
  • गल्फ
इतिहास रच्दै सदभावले जिते सूर्य नेपाल च्यालेन्जको उपाधि
खेलपाटी संवाददाता
शुक्रबार, चैत १७, २०७९ खेलपाटी संवाददाता
इतिहास रच्दै सदभावले जिते सूर्य नेपाल च्यालेन्जको उपाधि

काठमाडौं। युवा गल्फर सदभाव आचार्यले इतिहास रच्दै सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत छैटौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन्। 

१६ वर्षीय सदभावले अन्तिम दिन ४-अन्डर ६४ को उत्कृष्ट स्कोर जोड्दा समग्रमा ३-अन्डर २ सय ६९ सहित उपाधि जितेका हुन्। उनले डिफेन्डिङ च्याम्पियन भुवन नगरकोटीलाई २ स्ट्रोकले पछि पारे। सदभाव नेपाली गल्फमा सबैभन्दा कम उमेरमा सुर्य नेपाल टुरको प्रो टाइटल जित्ने खेलाडी बनेका छन्। १६ वर्ष १० महिनाका सदभावले नेपाल नम्बर एक एमरच्योर खेलाडी सुबाश तामाङको रेकर्ड तोडेका हुन्। सुबाशले १६ वर्ष ११ महिनाको उमेरमा प्रो टाइटल जितेका थिए। उनले सन २०१९ मा भुवनलाई नै हराउँदै सुर्य नेपाल च्यालेन्ज जितेका थिए। 

अनुभवी गल्फर भुवन इभन-पार ६८ सहित समग्रमा १-अन्डर २ सय ६१ को नतिजामा दोस्रो भए। समग्रमा दोस्रो हुदा प्रोतर्फ भने उनी पहिलो भए। उनले नगद एक लाख प्राप्त गरे। तेस्रो दिनका लिडर रबि खड्काले ३-ओभर ७१ को खराब प्रदर्शन गरे। समग्रमा इभन-पार २ सय ७२ मा खेल सकाए। समग्रमा तेस्रो भएका उनले प्रोतर्फ दोस्रो बन्दै ६५ हजार हात पारे। 

नेपाल नम्बर एक एमरच्योर खेलाडी सुबाश तामाङले अन्तिम दिन इभन-पार ६८ मा खेल सकाए। समग्रमा ३-ओभर २ सय ७५ को स्कोरमा चौथो भए। उनी एमरच्योरतर्फ दोस्रो भए। 

३-ओभर ७१ को स्कोर बनाएका दिनेश प्रजापतिले समग्रमा ५-ओभर २ सय ७७ मा प्रतियोगिता सकाए। समग्रमा पाँचौ भएका उनले प्रोमा भने तेस्रो हुदै ४६ हजार प्राप्त गरेका छन्। 

समग्रमा ८-ओभर २ सय ८० सहित भुवन कुमार रोक्का र धन बहादुर थापाले संयुक्तरुपमा छैटौ स्थान बाँडे। भुवनले ८-ओभर ७६ को बिर्सनलायक प्रदर्शन गर्दा धनले २-ओभर ७० मा अन्तिम १८ होलको खेल सकाए्। प्रोतर्फ चौथो भएका दुवैले ३६ हजार हात पारे। 

भेट्रान गल्फर दीपक मगर र जय राम श्रेष्ठ समग्रमा १०-ओभर २ सय ८२ सहित संयुक्तरुपमा आठौं भए। दीपकले ४-ओभर ७२ र जय रामले २-ओभर ७० मा खेल सकाए। प्रो तर्फ छैटौ भएका दुवैले २८ हजार ५ सय प्राप्त गरे। समग्रमा ११-ओभर २ सय ८३ को नतिजामा सञ्जय लामा दशौं भए। उनले आज ३-ओभर ७१ मा खेल सकाए। प्रोतर्फ आठौं भएका उनलाई २४ हजार प्रदान गरियो। 

अन्तिम १८ होलको सुरूवात गर्दा तेस्रो दिनका लिडर रबि भन्दा चार स्ट्रोकले पछि परेका युवा गल्फर सदभावले परिपक्व खेल खेले। फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए। दोस्रो, चौथो र आठौं होलमा बर्डीको सफलता प्राप्त गरे। ३-पारको तेस्रो होलमा एक सट खेर फाले। यसपछि दशौं होलमा बोगी खेपे। उनलाई डिफेन्डिङ च्याम्पियन भुवनले कडा चुनौती दिरहेका थिए। तर सदभावले बिना दबाब १३औं, १६औं र १७औं गोलमा बर्डी प्रहार गर्दा दिनको उत्कृष्ट स्कोर कार्डका साथ पहिलो पटक प्रो र एमरच्योर दुवैतर्फको उपाधि जिते। उपाधि जितेपछि खुशी बनेका सदभावले भारतको तरूण सरदेशाई एकेडेमीको प्रशिक्षण र अभिभावकको साथले यो सफलता प्राप्त गरेको बताए। 

भुवनले २-अन्डर ३२ मा फ्रन्ट नाइन सकाउने क्रममा उनले पहिलो, तेस्रो र चौथो होलमा बर्डी प्रहार गर्दा पाँचौ होलमा बोगी खेपे। ब्याक नाइनमा लय गुमाएका उनले १०औं, १२औं,१४औं र १८औं होलमा एक-एक सट खेर फाले। ११औं र १३औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन २-ओभर ३६ मा सकाए। 

पहिलो र तेस्रो दिन शीर्ष स्थानमा रहेका रबिले अन्तिम दिन खराब प्रदर्शन गरे। सुरूवात राम्रो गर्दै पहिलो दोस्रो र चौथों होलमा बर्डी प्रहार गरे। तर सातौ होलमा डबल बोगी खेपेपछि उनले लय गुमाए। लगतै आठौं र नवौं होलमा बोगीको सामना गर्दा फ्रन्ट नाइन १-ओभर ३५ मा पुरा गरे। यसपछि दशौं र १६औं होलमा एक-एक सट बचाए पनि १२औं र १५औं होलमा बोगी प्रहार मात्र गरेनन्। अन्तिम होलमा दिनको दोस्रो डबल बोगी खेपे। 

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित र सुर्य नेपाल प्रालिको प्रायोजनमा प्रतियोगितामा ३० प्रोफेसनल र  ७ एमेच्योर गरी कुल ३७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। 

कुल ५ लाख ४५ हजार नगद पुरस्कार राशीको प्रतियोगिताका विजयी खेलाडीहरुलाई सुर्य नेपाल प्रालिका मार्केटिङ भाइस प्रेसिडेन्ट दीप्रा लहिरी, पिजिए नेपालका अध्यक्ष रबिन्द्रमान श्रेष्ठ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र रोयल नेपाल गल्फ क्लबका अध्यक्ष मधुकर याकथुम्बाले पुरस्कार वितरण गरे। 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई
गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई
तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता
तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप मंगलबारदेखि
नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप मंगलबारदेखि
कोर्स रेकर्डसहित शुक्रलाई उपाधि
कोर्स रेकर्डसहित शुक्रलाई उपाधि
भुवन र नीरज क्वार्टरफाइनलमा
भुवन र नीरज क्वार्टरफाइनलमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP