• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
गल्फ
  • गृहपृष्ठ
  • गल्फ
पहिलो दिन शुक्रलाई अग्रता
खेलपाटी संवाददाता
मंगलबार, फागुन ३०, २०७९ खेलपाटी संवाददाता
पहिलो दिन शुक्रलाई अग्रता

काठमाडौं ।  सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गतको पाँचौ प्रतियोगिता, सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन नेपाल नम्बर एक गल्फर शुक्र तामाङ ७-अन्डर ६५ को सानदार स्कोरमा शीर्ष स्थानमा रहेका छन्।

भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पार्दै साबिक विजेता शुक्र शीर्ष स्थानमा रहन सफल भएका हुन्। ६-अन्डर ६६ सहित भुवन दोस्रो स्थानमा रहेका छन्। जयराम श्रेष्ठ तेस्रो स्थानमा रहे। उनले ४-अन्डर ६८ मा पहिलो दिनको खेल सकाए। उनी लिडर शुक्र भन्दा ३ स्ट्रोकले पछि रहेका छन्।

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सुर्य नेपाल प्रा लिको प्रायोजनमा जारी प्रतियोगितामा १-अन्डर ७१ सहित निरज तामाङ चौथो स्थानमा रहे। प्रोफेसनलद्वय सञ्जय लामा र  बलभद्र राई तथा एमेच्योर खेलाडी सद्भाव आचार्य र सुबाश तामाङले संयुक्तरुपमा पाँचौ स्थान बाँडेका छन्। उनीहरूले पहिलो दिन समान इभन-पार ७२ खेले। शिवराम पौडेल र एमेच्योर खेलाडी क्याप्टेन नोर्बु शेर्पा १-ओभर ७३ सहित संयुक्तरुपमा नवौ स्थानमा रहेका छन्।

तीन प्रोफेसनल खेलाडीहरू रमेश अधिकारी, रामे मगर र दिनेश प्रजापति तथा एमेच्योरद्वय निश्चयजङ्ग रायमाझी र युवराज भुजेल २-ओभर ७४ को स्कोरमा संयुक्त ११औं स्थानमा रहे।

भारतीय गल्फ टुर समेत खेलिरहेका शुक्रले पहिलो दिन ७-अन्डरको उत्कृष्ट प्रदर्शन गर्ने क्रममा फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। ४-पारको पहिलो होलमा इगल प्रहार गर्दै खेलको सुरुवात गरे। तेस्रो होलमा बर्डीको सफलता प्राप्त गरे भने छैटौं होलमा बोगी खेपे। यसपछि ब्याक नाइनमा उनले ११औं, १२औं, १५औं १६औं र १८औं होलमा बर्डी प्रहार गर्दै लोभलाग्दो प्रदर्शन गरे। ब्याक नाइन ५-अन्डर ३१ मा सकाए।

भुवनले फ्रन्ट नाइनमा ६-अन्डर ३० खेल्दै सानदार सुरुवात गरे। पहिलो, दोस्रो, तेस्रो र पाँचौ होलमा एक-एक सट बचाए भने ५-पारको सातौ होलमा इगलको सफलता प्राप्त गरे। यसपछि ब्याक नाइनमा उनले सबै होलमा पार बचाए।

जयरामले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। दोस्रो, तेस्रो र सातौं होलमा बर्डी प्रहार गर्दा चौथो होलमा एक सट खेर फाले। यसपछि १४औं र १५औं होलको बर्डीले ब्याक नाइन पनि २-अन्डर ३४ मा नै पुरा गरे।

चौथो स्थानमा रहेका निरजले नवौं होलमा एक सट बचाउदै फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए। यसपछि ११औ र १८औं होलमा बर्डी प्रहार गरेपनि १२औ र १५ औं होलको बोगीले ब्याक नाइन इभन-पार ३६ मा पुरा गरे।

एमेच्योरतर्फ राष्ट्रिय टिमका सदस्य सद्भाव र नेपाल नम्बर एक एमेच्योर खेलाडी सुबाश  इभन-पार ७२ को सहित संयुक्तरुपमा शीर्ष स्थानमा रहेका छन्। क्याप्टेन नोर्बु १-ओभर ७३ को नतिजामा तेस्रो स्थानमा छन्‌।

३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ उत्कृष्ट २१ प्रोफेसनल र टाइमा पर्ने खेलाडी तथा कम्तीमा ६ एमेच्योर खेलाडीले अन्तिम दुई दिनको लागि स्थान बनाउनेछन्।

कुल ८ लाख नगद पुरस्कार राशीको प्रतियोगितामा‌ ३१ प्रोफेसनल र ९ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। प्रोफेसनलतर्फको विजेताले उपाधिसँगै १ लाख ४० हजार प्राप्त गर्नेछ।

दोस्रो हुनेले ९० हजार र तेस्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन्। यसैगरी चौथो र पाँचौं हुने खेलाडीले क्रमश ५५ हजार र ४७ हजार हात पार्नेछन्। साथै उत्कृष्ट २१ मा प्रतियोगिता सकाउने खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्‌।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई
गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई
तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता
तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप मंगलबारदेखि
नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप मंगलबारदेखि
कोर्स रेकर्डसहित शुक्रलाई उपाधि
कोर्स रेकर्डसहित शुक्रलाई उपाधि
भुवन र नीरज क्वार्टरफाइनलमा
भुवन र नीरज क्वार्टरफाइनलमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP