पीएनजीविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले आज सोमबार पपुवा न्यु गिनी(पीएनजी)सँग खेल्दै छ ।
त्रिकोणात्मक सिरिजको चौथो खेलमा घरेलु टोली र पीएनजी खेल्न लागेका हुन् । कीर्तिपुरमा रहेको टियु मैदानमा खेल बिहान साढे ९ बजेबाट सुरु हुनेछ ।
विश्वकप लिग टूको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका दुई खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नु पर्ने हुन्छ। त्यसैले नेपालले बलियो टोली मैदान उतार्नेछ ।
आईतबार खेलमा युएईसँग खेलेको टोली नै नेपालको प्लेईङ-११ मा मौका पाउने सम्भावना रहेको छ ।
नेपालले ओपनरका रुपमा आसिफ शेख र कुशल भुर्तेलको जोडी रहने सम्भावना रहेको छ । पीएनजीविरुद्धको पहिलो खेलमा शतक प्रहार गरेका आसिफबाट आजको खेलमा पनि सोही अपेक्षा रहेको छ । नेपाललाई बलियो स्थितिमा पुर्याउन कुशल र आसिफको जोडीले राम्रो सुरुआत दिनुपर्ने हुन्छ ।
तीन नम्बरमा भिम सार्कीले मौका पाउने सम्भावना छ । भिमबाट यस अछि झै आज पनि ठूलो रनको अपेक्षा रहेको छ ।
चौथो र पाँचौ स्थानमा कप्तान रोहित पौडेल र आरिफ शेखले स्थान बनाउने छन् । कप्तान पौडेलले सदा झैं आफ्नो लयलाई निरन्तरता दिन आवश्यक देखिन्छ ।
छैटौं नम्बरमा अलराउण्डर दीपेन्द्रसिंह ऐरी रहने सम्भावना रहेको छ । ऐरीले छैटौं नम्बरमा खेल्ने सम्भावना रहेको छ ।
अलराउण्डर गुलशन झा सातौं स्थानमा रहँदा आठौं नम्बरमा अलराउन्डर कुशल मल्लको सम्भावना रहेको छ । कुशल लामो सट प्रहार गर्न सक्ने विस्फोटक ब्याटरका साथ केही ओभर बलिङमा समेत टोलीको साथ दिने खेलाडी हुन् ।
नवौं स्थानमा तिव्र गतिका बलर सोमपाल कामी रहने छन् । सोमपाल तीव्र गतिका बलरका साथ तल्लो क्रममा लामो सटका साथ ब्याटिङ समेतको क्षमता राख्छन् ।
दर्शौ नम्बरमा स्पिनर सन्दीप लामिछाने रहने सम्भावना रहेको छ । एघारौं नम्बरमा अर्का स्पिनर ललित नारायण राजवंशीले मौका पाउने सम्भावना रहेको छ ।
मैदानको अबस्था र खेलको अवस्था हेरेर ब्याटिङक्रम तल माथी हुने सम्भावना भने रहेको छ ।
नेपालको सम्भावित प्लेईङ-११
आसिफ शेख (विकेट किपर),कुशल भुर्तेल,भिम सार्की, रोहित पौडेल (कप्तान),आरिफ शेख,दीपेन्द्र सिंह ऐरी,गुलशन झा,कुशल मल्ल,सोमपाल कामी, सन्दीप लामिछाने र ललित नारायण राजवंशी