नेपाललाई छैटौं झड्का, आरिफ आउट
आइतबार, फागुन २८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले युएईविरुद्ध पहिले ब्याटिङ गरीरहेको छ ।
ब्याटिङ गरिरहेको नेपालले छैटौं विकेट गुमाएको छ । छैटौं विकेटका रुपमा आरिफ शेख आउट भएका हुन् ।
आरिफले ५२ बलमा ४३ रन बनाएका थिए । आरिफ रोहन मुस्ताफाको बलमा आउट भएका हुन् । नेपालले अहिले ४२ ओभर ५ बलमा ६ विकेट गुमाएर १ सय ९२ रन बनाएको छ ।
पहिलो विकेटका रुपमा नेपालले २ रन हुँदा ओपनर आसिफ शेखलाई गुमाएको थियो ।
दोस्रो विकेटका रुपमा ओपनर कुशल भुर्तेल आउट भएका थिए ।
तेस्रो विकेटका रुपमा कुशल मल्ल आउट भएका थिए । चौथो विकेटका रुपमा भिम सार्की आउट भएका थिए ।
पाँचौ विकेटका रुपमा कप्तान रोहित कुमार पौडेल आउट भएका थिए ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल जारी रहेको छ ।
नेपाललाई छैटौं झड्काआरिफ आउट










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)

