नेपाललाई दोस्रो झड्का, कुशल आउट
आइतबार, २८ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले युएईविरुद्ध पहिले ब्याटिङ गरीरहेको छ ।
ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ । दोस्रो विकेटका रुपमा ओपनर कुशल भुर्तेल आउट भएका छन् ।
१५ बलमा ८ रन बनाएका थिए । कुशल आयन खानको बलमा आउट भएका हुन् । नेपालले अहिले ४ ओभर ३ बलमा २ विकेट गुमाएर १२ रन बनाएको छ ।
पहिलो विकेटका रुपमा नेपालले २ रन मा अर्का ओपनर आसिफ शेखलाई गुमाएको थियो ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल जारी रहेको छ ।
नेपाललाई दोस्रो झड्काकुशल आउट







-1776781891908.jpeg&w=3840&q=75)








