सोमबार, ०४ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

यूएईविरुद्ध नेपाल : हेड टु हेड 

शनिबार, २७ फाल्गुण २०७९खेलपाटी संवाददाता
यूएईविरुद्ध नेपाल : हेड टु हेड 
Loading ad...
mustang rice ad

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आफ्नो दोस्रो खेलमा नेपालले यूएईसँग आईतबार खेल्दैछ । 

नेपाल र यूएईबीचको खेल आईतबार बिहान साढे नौ मा सुरु हुनेछ । नेपाल र यूएई एकदिवसीय अन्तराष्ट्रियका लागि परिचित प्रतिद्वन्दी हुन् । नेपाल र यूएईबीच एकदिवसीय अन्तराष्ट्रियमा अहिलेसम्म ११ पटक प्रतिस्पर्धा भएको छ । नेपाल मात्र ५ पटक विजयी हुँदा ६ पटक यूएईले खेल आफ्नो पक्षमा पारेको छ ।

नेपाल र यूएईबीचको पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल २०१८ को एसीया कप क्वालिफायरमा भएको थियो । २०१८ अगस्ट ३० मा मलेसियाको किन्नारा ओभलमा भएको खेलमा नेपाल पराजित भएको थियो । यस खेलमा नेपाल ७८ रनले पराजित भएको थियो ।

सो खेलमा नेपालका सुवास खकुरेलले ५० रनको अर्धशतकीय ईनिङ खेलेका थिए । दीपेन्द्र सिंह ऐरीले ४० तथा सोमपाल कामी २७ रनमा अविजित रहेका थिए । बलिङमा सन्दीप लामीछानेले ४ विकेट तथा सोमपाल कामी र बसन्त रेग्मीले समान २/२ विकेट लिएका थिए ।

नेपाल र युएईबीच २५ जनवरी २०१९ देखि २८ जनवरी २०१९ सम्म तीन खेलको एकदिवसीय सिरिज भएको थियो । युएईमा भएको सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । सो खेलमा नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाएका थिए । बलिङ तर्फ नेपालका लागि करण केसी,सन्दीप लामिछाने र पारस खड्काले समान २/२ विकेट लिएका थिए ।

त्यहि  सिरिजको दोस्रो खेलमा नेपालले यूएईलाई १ सय ४५ रनले हराएको थियो । यस खेलमा हालका कप्तान रोहित कुमार पौडेलले ५५ रन बनाएका थिए । बलिङ तर्फ सोमपाल कामीले ५ विकेट लिएका थिए ।

सिरिजको तेस्रो तथा निर्णायक खेलमा नेपालले ४ विकेटको जित हात पर्दै ऐतिहासिक एकदिवसीय सिरिज जितेको थियो । त्यस खेलमा नेपालका तत्कालिन कप्तान पारस खड्काले नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक प्रहार गरेका थिए ।  बलिङमा करण केसी र पारस खड्काले समान २/२ विकेट लिएका थिए ।

नेपाल र यूएईबीचको पाचौं भेट दुबईमा भएको विश्वकप लिग टू त्रिदेशीय सिरिजका क्रममा भएको थियो । यस सिरिजको पहिलो खेलमा नेपालले ४८ रनको हार व्यहोरेको थियो । मार्च १८ २०२२ मा भएको यस खेलमा नेपालका लागि हालका कप्तान रोहित पौडेलले ४६ रन बनाएका थिए । बलिङमा नेपालका लागि सोमपाल कामीले ४ विकेट लिएका थिए ।

सोही सिरिज अन्तर्गको दोस्रो खेलमा नेपाल र युएईबीचको छैटौं भेट थियो । जुन खेलमा नेपाल ९९ रनले पराजित भएको थियो । त्यस खेलमा नेपालका लागि ज्ञानेन्द्र मल्लले ३० रन बनाएका थिए । बलिङ तर्फ तत्कालिन कप्तान सन्दीप लामिछानेले ३ विकेट लिएका थिए ।

नेपाल र यूएईबीचको सातौं खेल गत बर्ष नेपालमा आयोजना भएको नेपाल र यूएईबीचको सिरिजको पहिलो खेलमा भएको थियो । नोभेम्बर १४ २०२२ मा भएको खेलमा यूएई ८४ रनले विजयी भएको थियो । 

सो खेलमा टस जितेको नेपालले पहिला बलिङ गरेको थियो । यूएईले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६३ रन बनाएको थियो । नेपालका लागि गुलशन झाले २ तथा दीपेन्द्र सिंह ऐरीले १ विकेट लिएका थिए । यूएईका लागि रोहन मुस्ताफाले ५३ तथा मुहम्मद वासिमले ४१ रन बनाएका थिए । 

२ सय ६४ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रज मात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५४ तथा अर्जुन साउदले ५१ रन बनाए । यूएईका लागि आयान खानले ४ तथा वासिल हमिदले २ विकेट लिएका थिए । 

सोही सिरिजको दोस्रो खेलमा नेपाल र यूएईको आठौं भेट भएको थियो । नोभेम्बर १६ २०२२ मा भएको यस खेलमा नेपाल ३ विकेटले विजयी भएको थियो । टस हारेर पहिले बलिङ गरेको नेपालले यूएईलाई ४३ ओभर २ बलमा अलआउट गर्दै १ सय ९१ रन मात्र बनाउन दियो । नेपालका लागि ललितनारायण राजवंशी र सोमपाल कामीले समान ३/३ विकेट लिए । यूएईका लागि मुहम्मद वासिमले ५० तथा अलिशान शरफुले ३५ रन बनाए । 

१ सय ९२ रनको लक्ष्य नेपालले ४७ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि गुलशन झाले ३७ तथा कुशल भुर्तेलले ३५ रन बनाए । यूएईका लागि रोहन मुस्ताफाले ३ तथा हर्जत बिलालले २ विकेट लिए ।

नेपाल र यूएईबीचको नवौं भेट सोही सिरिजको अन्तिम खेलमा भएको थियो । सो खेल नेपालले ६ विकेटले जितेको थियो । नोभेम्बर १८ २०२२ मा भएको खेलमा टस जितेर नेपालले पहिला बलिङ गरेको थियो । नेपालले यूएईलाई ५० ओभरमा ९ विकेट लिएर १ सय ७६ रन मात्र बनाउन दियो । नेपालका लागि कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले समान २/२ विकेट लिए । यूएईका लागि आयान खानले ५४ तथा अलिशान शरफुले ३३ रन बनाए । 

१ सय ७७ रनको लक्ष्य नेपालले ४० ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि आसिफ शेखले ८८ तथा ज्ञानेन्द्र मल्लले ६४ रन बनाए । यूएईका लागि आयान खान तथा हर्जत बिलालले समान १र१ विकेट लिए ।

नेपाल र यूएईबीचको दशौं भेट दुबईमा भएको विश्वकप लिग टू त्रिकोणात्मक सिरिजका क्रममा भएको थियो । मार्च २ २०२३ मा भएको खेलमा यूएई ६८ रनले विजयी भएको थियो । टस जितेर नेपालले पहिले बलिङ गरे पछि ब्याटिङ गरेको घरेलु टोलीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो । नेपालका लागि सन्दीप लामिछानेले ३ तथा कुशल मल्लले १ विकेट लिएका थिए । यूएईका आसिफ खानले ७२ तथा रोहन मुस्ताफाले ५२ रन बनाएका थिए । 

२ सय ८ रनको लक्ष्य पछ्याएको नेपाल ३१ ओभर ५ बलमा अलआउट हुदै १ सय ३९ रन मात्र बनाउन सक्यो । नेपालका लागि कुशल मल्लले ६० तथा सन्दीप लामिछानेले २६ रन बनाए । 

नेपाल र यूएईबीचको एघारौं तथा पछिल्लो भेट मार्च ६ २०२३ मा दुबईमा नै भएको थियो । सो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको थियो । नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय २९ रन बनाएको थियो । नेपालका लागि भिम सार्कीले ७० तथा आरिफ शेखले ४३ रन बनाएका थिए । 

२ सय ३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा अलआउट हुदै १ सय ८७ रन मात्र बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले समान ३/३ विकेट लिएका थिए ।

Loading ad...
LiNing Ad
यूएईविरुद्ध नेपाल हेड टु हेड

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

अबदेखि  खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

अबदेखि खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

अबदेखि  खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

अबदेखि खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा