सोमपालले क्यानडाको लिग खेल्ने
शनिबार, फागुन २७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामी क्यानडामा आयोजना हुने फ्लावर सिटी टी-ट्वान्टी लिग २०२३ खेल्ने भएका छन् ।
सो लिगमा कामी ओटावा फाल्कोनमा आबद्ध भएका छन् ।
सोमपाल आबद्ध टोलीमा वेस्ट इण्डिजका विकेट किपर चाडविक वाल्टन लगायतका खेलाडी आबद्ध रहेका छन् ।
६ टोलीको सहभागीता रहने सो लिग आगामी जुनमा आयोजना हुनेछ ।
लिगमा फल्कोन सहित टोरन्टो लायन्स,वाटरलोड किंग्स,ह्यामील्टन वन्डर्स,मिस्सिसौगा स्कोरपियन्स र ब्राप्टन राईट्सको सहभागीता रहने छ ।

सोमपाल क्यानडाको लिग खेल्ने













-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)