शहीद स्मृति क्योकुसिन कराते आइतबार
शुक्रबार, फागुन २६, २०७९खेलपाटी संवाददाता
काठमाडौं । नेपाल एटेमी क्योकुसिन कराते संघको आयोजनामा प्रथम शहीद स्मृति क्योकुसिन कराते प्रतियोगिता आइतबार हुने भएको छ ।
प्रतियोगितामा पुरुषमा ५ र महिलामा ४ गरी जम्मा ९ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका ब्रान्च चिफ प्रदीप थापाले जनाएका छन् ।
बानियाँटारमा हुने एकदिने प्रतियोगितामा करिब २ सय खेलाडीको सहभागिता रहने बताइएको छ ।
प्रतियोगितालाई लक्षित गरी शुक्रबारदेखि सेमिनार पनि सुरु भएको छ । दुईदिने सेमिनारमा १ सय सहभागी छन् ।
सेमिनार र प्रतियोगिताका लागि हंगेरीबाट एटेमीका प्राविधिक निर्देशक डा. एटिला गुवासीसहितको ७ सदस्यीय टोली शुक्रबारै नेपाल आइपुगेको छ ।
उनीहरुलाई ब्रान्च चिफ थापालगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
शहीद स्मृति क्योकुसिन कराते आइतबार






-1726842393-1761580575737.avif&w=3840&q=75)





-1761584666208.jpeg&w=3840&q=75)


