• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
आसिफको शतक, नेपालले पीएनजीलाई हरायो
खेलपाटी संवाददाता
बिहीबार, फागुन २५, २०७९ खेलपाटी संवाददाता
आसिफको शतक, नेपालले पीएनजीलाई हरायो

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली नेपालले जित निकालेको छ । 

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार पपुवा न्यु गिनी (पीएनजी) लाई ५२ रनले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।

नेपालले दिएको २ सय ९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पीएनजी ४७ ओभर १ बलमा अलआउट हुँदै २ सय ४५ रन मात्र बनाउन सक्यो । 

पीएनजीका लागि नर्मन भानुवाले ५५ बलमा ६० रनको अर्धशतकीय ईनिङ खेले ।  भानुवाले ३ चौका र ४ छक्का प्रहार गरे । 

ओपनर टोनी उराले ४४ बलमा ५० रनको अर्धशतकीय ईनिङ खेले । ९ चौका प्रहार गरेका उरा सन्दीप लामिछानेको बलमा आउट भए । 

कप्तान असद भाला ४२ रन बनाउँदै कुशल मल्लको बलमा आउट भए । ओपनर किप्लिन डोरिगा २६ रनमा रन आउट भए । 

राईली हेरुकेले २० रन बनाउँदा चाल्स अमिनीले १४ रन बनाए । 

पीएनजीलाई सस्तैमा रोक्न नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए । 

दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । कुशल मल्लले १ विकेट लिए । 

सन्दीपले १० ओभरमा ३७ रन खर्चिएर ४ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले ९ ओभर १ बलमा ३७ रन खर्चिएर २ विकेट लिए । कुशल मल्लले १० ओभरमा ६० रन खर्चिएर विकेट लिएका हुन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर १ बलमा अलआउट भएर २ सय ९७ रन बनाएको थियो ।

नेपालका लागि ओपनर आसिफ शेखले १ सय १० बलमा १ सय १० रन बनाए । उनले एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक प्रहार गरेका हुन् । अर्का ओपनर कुशल भुर्तेलले ४५ रन बनाए । यि दुई बीच १ सय १० रनको साझेदारी भएको थियो । 

भीम सार्की ४४ रन बनाउँदा कप्तान रोहित पौडेलले ३० रन बनाए । आरिफ शेख १५ रनमा आउट हुँदा ज्ञानेन्द्र मल्लले ११ रन बनाए । 

करण केसीले ८ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले ७ रन बनाए । 

यसै खेलबाट ओपनर आसिफले एकदिवसीय अन्तराष्ट्रियमा १ हजार रन पुर्याएका छन् । एकदिवसीय अन्तराष्ट्रियमा १ हजार रन पूरा गर्ने आसिफ दोस्रो नेपाली खेलाडी हुन् । 

यस अघि कप्तान रोहित कुमार पौडेलले १ हजार रन बनाएका थिए । आसिफले नेपालका लागि ३२ एकदिवसीय अन्तराष्ट्रिय खेलेका छन् । एकदिवसीय अन्तराष्ट्रियमा ८ अर्धशतक प्रहार गरेका छन् ।

सेप्टेम्बर ७, २०२१ मा उनले नेपालका लागि डेब्यु गरेका थिए । 

पीएनजीका लागि सिमो कमायले ५ तथा राईली हेरुकेले ३ विकेट लिए ।

घरेलु मैदानमा नै पीएनजीसँग गत वर्ष भएको एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दुवै खेलमा ब्यहोरेको हारको बदला पनि लिएको छ ।

मार्च १२ (फागुन २८) मा यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ । मार्च १३ (फागुन २९) मा पपुवा न्युगिनीसँग नेपालले पुनः खेल्नेछ । विश्वकप लिग टूको अन्तिम खेलमा मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ ।

नेपाल सात देश सम्मिलित विश्वकप लिग टूमा ३३ खेलमा ३४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

पीएनजी  ३३ खेलमा ९ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसिया कप कि भारत–पाकिस्तान सिरिजको अर्को आवरण?
एसिया कप कि भारत–पाकिस्तान सिरिजको अर्को आवरण?
कीर्तिमानमा भन्दा जितमा ध्यान दिइरहेका रुट
कीर्तिमानमा भन्दा जितमा ध्यान दिइरहेका रुट
एनपीएमा ४५८ खेलाडी दर्ता
एनपीएमा ४५८ खेलाडी दर्ता
क्रेजी ब्याटर पन्त !
क्रेजी ब्याटर पन्त !
फेरि भारतबाट सुरु हुँदै नेपालको नयाँ अध्याय
फेरि भारतबाट सुरु हुँदै नेपालको नयाँ अध्याय
एसीसीले मंगोलिया, उज्बेकिस्तान र फिलिपिन्सलाई दियो सदस्यता
एसीसीले मंगोलिया, उज्बेकिस्तान र फिलिपिन्सलाई दियो सदस्यता
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
महिला कबड्डी विश्वकप पुनः अनिश्चितकालका लागि स्थगित
महिला कबड्डी विश्वकप पुनः अनिश्चितकालका लागि स्थगित
भक्तपुरमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला !
भक्तपुरमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला !
नायक केली
नायक केली
अल–नसार जाँदै फेलिक्स
अल–नसार जाँदै फेलिक्स
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP