सोमबार, ०४ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

टियुमा नेपाल भन्दा पीएनजी बलियो 

बुधबार, २४ फाल्गुण २०७९खेलपाटी संवाददाता
टियुमा नेपाल भन्दा पीएनजी बलियो 
Loading ad...
mustang rice ad

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज भोली बिहिबारबाट नेपालमा आयोजना हुदैछ । 

त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली र पपुवा न्यु गिनी(पीएनजी) खेल्दै छन् । कीर्तिपुरमा रहेको टियु मैदानमा आयोजना हुने खेल बिहान ९ बजेबाट सुरु हुनेछ । 

नेपाल र पीएनजीबीच गत वर्ष भएको एकदिवसीय सिरिज पीएनजीले क्लिन स्विप गरेको थियो । टियु मैदानमा लगातार दुई खेलमा नेपाललाई पराजित गरेको पीएनजीको प्रदर्शन टियु मैदानमा राम्रो रहेको छ । 

नेपालले पीएनजीको टोलीसँग तेस्रो पटक टियु मैदानमा एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ । पीएनजीले नेपाली भुमीमा शतप्रतिशत जितको नतिजा निकालेको छ ।

नेपालले पीएनजीसँगको पहिलो पटक टियु मैदानमा मार्च २५ २०२२ मा खेलेको थियो । मार्च २५ बाट नेपाल र पीएनजीबीचको दुई खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज सुरु भएको थियो । मार्च २५ मा भएको पहिलो खेलमा नेपाल ६ रनले पराजित भएको थियो । 

टस जितेर पहिले बलिङ गरेको नेपालले पीएनजीलाई ५० ओभरमा ८ विकेट लिएर २ सय ९२ रनमा आउट गरेको थियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरी र कमलसिंह ऐरीले समान २/२ विकेट लिएका थिए । पीएनजीका लागि चाल्र्स अमिनीले ७७ तथा असद भालाले ६० रन बनाएका थिए ।

२ सय ९२ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८६ रन मात्र बनाउँन सक्यो । नेपालका लागि रोहितकुमार पौडेलले एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक बनाउने क्रममा १ सय २६ रन बनाए । उनले १ सय ७ बल खेलेका थिए । आरिफ शेखले ३४ रन बनाए । 

नेपालले पीएनजीविरुद्धको टियु मैदानमा दोस्रो खेल सोही भएको सिरिजकै क्रममा खेलेको थियो । मार्च २६ २०२२ मा भएको खेलमा नेपाल पुनः पराजित भएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक बनाएका दीपेन्द्र सिंह ऐरीको १ सय ५ रनको सहयोगमा ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७८ रन बनाएको थियो । नेपालका लागि ऐरीले १ सय ४० बलमा १ सय ५ रन बनाएका थिए । पीएनजीका लागि आलि नवले ३ तथा नर्मन भानुवाले २ विकेट लिएका थिए । 

२ सय ७९ रनको लक्ष्य पीएनजीले ४८ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गरेको थियो । नेपालका लागि सोमपाल कामीले ३ तथा पवन सर्राफले २ विकेट लिएका थिए । पीएनजीका लागि लिगा सियाकाले ९० तथा रिले हिरुकेले ४८ रन बनाएका थिए ।

लगातारको दुई जित निकाल्दै नेपालविरुद्ध पीएनजीले सो सिरिज क्लिन स्विप गरेको थियो । तर,अहिलेको स्थिती परिर्वतन भएको छ । घरेलु मैदानमा नेपाल ६ देखि अपराजित रहेको छ । नेपालले पछिल्लो ५ एकदिवसीय अन्तराष्ट्रिय खेलमा १ मा मात्र हार ब्यहोरेको छ । 

शीर्ष ३ मा रहदै विश्वकप छनोट खेल्ने तयारीमा रहेको नेपाललाई नेपाली भुमीमा राम्रो प्रदर्शन गरेको पीएनजीलाई पराजित गर्न सहज भने छैन ।

Loading ad...
LiNing Ad
टियुमा नेपाल भन्दा पीएनजी बलियो

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अबदेखि  खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

अबदेखि खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अबदेखि  खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

अबदेखि खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

सलाह प्रेरित लिभरपुलको शानदार जित

सलाह प्रेरित लिभरपुलको शानदार जित