स्वदेश फर्कियो नेपाली टोली
२०२३ मार्च ७, मङ्गलबारखेलपाटी संवाददाता

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको सिरिजमा सहभागी हुन यूएई गएको नेपाली टोली आज मंगलबार स्वदेश फर्किएको छ ।
लिग टू सिरिजको आफ्नो अन्तिम विदेशी त्रिकोणात्मक सिरिज खेलेर नेपाली टोली स्वदेश फर्किएको हो ।
नेपाली टोली मंगलबार साँझ नेपाल आईपुगेको हो ।
यूएई भ्रमणका क्रममा नेपालले खेलेको चार मध्ये तीन खेलमा जित हात पारेको थियो ।
पपुवा न्यु गिनी(पीएनजी) र घरेलु टोलीसँग समान २/२ खेल खेलेको थियो ।
नेपालले पीएनजीसँगको दुई नै खेल तथा घरेलु टोलीसँगको एक खेल जितेको थियो ।
स्वदेश फर्कियो नेपाली टोली