बिहिबार, असोज २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. सोझै विश्वकप छनोट खेल्ने नेपालको सम्भावना कति ?

सोझै विश्वकप छनोट खेल्ने नेपालको सम्भावना कति ?

२०२३ मार्च ६, सोमबारखेलपाटी संवाददाता

सोझै विश्वकप छनोट खेल्ने नेपालको सम्भावना कति ?

काठमाडौं । आईसीसी विश्वकप लिग टू सिरिजमा शीर्ष ३ मा रहि सोझै विश्वकप छनोट खेल्ने नेपालको सम्भावना कायमै रहेको छ । 

शीर्ष ३ मा पर्न नेपालले अव बाँकी रहेको मध्ये ४ खेलमा ४ खेल नै जित्नुपर्ने भएको छ । 

विश्वकप लिग टू को शीर्ष तीन टोलीले जिम्बावेमा हुने आईसीसी एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछन् ।

स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारसहित ५० अंकका साथ विश्वकप लिग टू को च्याम्पियन बन्दै सोझै विश्वकप छनोटमा पुगेको छ ।

ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा पुगेको छ ।

अव नेपाल र नामिबिया मध्ये एक टोली शीर्ष तीनमा रहँदै विश्वकप छनोट सोझै खेल्न पाउनेछन् ।

नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंक सहित पाँचौं स्थानमा छ । युएई ३२ खेलमा १४ मा जित र १५ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ ।

नामिबियाले ३६ खेलमा १९ मा जित र १६ मा हारसहित ३९ अंकमा विश्वकप लिग टू को अन्त्य गरिसकेको छ ।

नेपालले अव यूएईसँग २ र पपुवा न्युगिनीसँग २ खेल खेल्न बाँकी रहेको छ ।

नेपालले शीर्ष ३ मा पर्न नामिबियालाई पछाडी पार्नुपर्ने हुन्छ । नामिबियाको ३९ अंक रहेको छ । नामिबियालाई पछि पार्न नेपालले बाँकी रहेको ५ खेलमा शतप्रतिशत नतिजा आफ्नो पक्षमा पार्नु पर्ने हुन्छ । 

यदी नेपालले बाँकी सबै खेल जित्दा ४० अंक हुनेछ । यसो गर्दा नेपालले नामिबियालाई पछाडी पार्नेछ । त्यसैले नेपालले शीर्ष तीनमा पर्न सबै खेल जित्नुपर्ने हुन्छ ।

यूएईको सबै खेल जित्दा पनि ३९ अंकमा मात्रै पुग्नसक्छ । नेपालले बाँकी सबै खेलमा जित निकाल्दा ४० अंक हुनेछ ।

जुन नेपाललाई शीर्ष तीनमा रहँदै विश्वकप छनोट खेल्न पर्याप्त हुनेछ । नेपाल कुनै एक खेलमा पराजित भएमा शिर्ष ३ मा रहँदै सोझै विश्वकप छनोटको सम्भावना समाप्त हुनेछ । 

नेपालका बाँकी खेल

नेपालले बाँकी चार खेल घरेलु मैदानमा खेल्नेछ ।  

नेपालले आफ्नो घरेलु मैदानमा नेपालले यूएई र पपुवा न्युगिनीलाई अन्तिम विश्वकप लिग टू खेलका लागि निमन्त्रणा दिने छ । 
 
टियु मैदानमा आयोजना हुने सो खेलको पहिलो खेलमा नेपालले मार्च ९ (फागुन २५) मा पपुवा न्युगिनीसँग खेल्नेछ । मार्च १२ (फागुन २८) मा यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ । मार्च १३ (फागुन २९) मा पपुवा न्युगिनीसँग नेपालले पुनः खेल्नेछ । विश्वकप लिग टूको अन्तिम खेलमा मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ ।

सोझै विश्वकप छनोट खेल्ने नेपालको सम्भावना कति ?
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

Bhat Bhateni
स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना

स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना

अस्ट्रेलिया लागे गोलकिपर जियारथ

अस्ट्रेलिया लागे गोलकिपर जियारथ

४० वर्षको उमेरमा सिल्भाले गर्लान् ‘कमब्याक’ ?

४० वर्षको उमेरमा सिल्भाले गर्लान् ‘कमब्याक’ ?

एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

नक्कली फुटबलर बनेर २२ जना पुगे जापान

नक्कली फुटबलर बनेर २२ जना पुगे जापान

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास