काठमाडौं । सीसीआरसी र नवोदित छैटौं हिसान खेलकुद सप्ताहअन्तर्गत ब्वाइज बास्केटबलमा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सीसीआरसीले ओमेगालाई ५५–२९ ले पराजित गर्यो । सीसीआरसीको जितमा समिप खत्रीले १६ अंक योगदान गरे । लक्ष्मण गुरुङको १८ अंक सहयोगमा नवोदितले जेभियरलाई ४५–३४ ले हरायो ।
त्यस्तै ह्वाइटहाउस र गोल्डेनगेट पनि सेमिफाइनलमा पुगे । ह्वाइटहाउसले जय मल्टिपल कलेजमाथि ३३–५ को सहज जित दर्ता गर्यो । ह्वाइटहाउसका सन्तोष रायमाझीले १२ स्कोर गरे । टाइम्सविरुद्धको खेलमा गोल्डेनगेट ३७–३२ ले विजयी भयो । विजेताका उर्गेन लामाले २१ अंक जोडे ।
सेमिफाइनलमा गोल्डेनगेटको भेट ह्वाइटहाउससंग हुनेछ भने नवोदितले सीसीआरसी विरुद्ध प्रतिस्पर्धा गर्नेछ । गल्र्सको सेमिफाइनलमा जेभियरले ह्वाइटहाउस तथा साइपालले रिलायन्सको सामना गर्ने छन् ।