शुक्रबार, १६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

पविन र प्रनिश क्वाटरफाइनलमा

बिहिबार, ०४ फाल्गुण २०७९खेलपाटी संवाददाता
पविन र प्रनिश क्वाटरफाइनलमा
mustang rice ad

काठमाडौं ।  त्रिभुवन आर्मी क्लबका पविन लिनथेप र एपिएफका प्रनिश सिंह ठकुरी बिराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृती राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ को क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।  

नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनमा भएको प्रतियोगितामा शीर्ष १६ वरीयता बाहेकको पुरुष एकलतर्फ पविनले एपिएफका सुमन लिम्बुलाई २१–१४, २१–११ र प्रनिशले आर्मीका सुनिल कार्कीलाई २१–१०, २१–१० ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएका हुन् ।

आर्मीका हिमाल चन्दले झापाका नविन सिलवाललाई २१–१२, २१–१६, एपिएफका अमन महर्जनले दाङ्गका सनौला रैनीलाई २१–१४, २१–१२, मोरङ्गका बिवेक चौधरीले पाँचथरका किरण श्रेष्ठलाई २१–१७, २१–१०, एपिएफका अरुण अधिकारीले सुनसरीका सत्यम सुब्बालाई २१–१९, १३–२१, २१–१९ ले पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाए ।

पुरुष यु १७ तर्फको खेलमा एपिएफका रोशन साउद र आर्मीका अभय महरा क्वाटरफाईनलमा प्रवेश गरेका छन् । साउदले उदयपुरका रुमु हाङ्ग राईलाई २१–१२, २१–९ ले तथा महराले ताप्लेजुङ्गका अन्ड्रीयास लिम्बुलाई २१–८, २१–१४ ले पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेका हुन् । यसैगरि आर्मीका कविर के.सी.ले पाँचथरका रोहन तामाङ्गलाई २१–१६, २१–१०, ललितपुरका लक्ष्मण रानाले आर्मीका आर्मीका सुविन श्रेष्ठ (बी)लाई २१–१७, ९–२१, २१–१७, मोरङ्गका सुप्रिम पन्तले आर्मीका पारश उपाध्यायलाई २१–१५, ११–२१, २१–१६, दाङ्गका सलौना रैनीले पाँचथरका किरण श्रेष्ठलाई २२–२०, २१–१३, उदयपुरका बिनय चौधरीले एपिएफका अरुण अधिकारीलाई २१–१८, २१–१४ र आर्मीका अनिल मल्लले काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका संयोग बस्नेतलाई २१–१७, २१–९ ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेका हुन् ।

महिलातर्फ कास्कीकी निभा राई र आर्मीकी टिशा रानी शाक्यले क्वाटरफाइनलमा स्थान बनाए । राईले ताप्लेजुङ्गका सरुना गुरुङ्गलाई २१–१७, १२–२१, २१–१४ ले तथा शाक्यले पर्साका श्रुती शाहबाट वाकओभर प्राप्त गरेका हुन् ।

पुरुष युगल तर्फको प्रतिस्पर्धामा मोरङ्गका सुप्रिम पन्त र प्रेम राईको जोडी तथा एपिएफका सुमन लिम्बु र देवराज रानाको जोडी अन्तिम १६ मा स्थान पक्का गर्न सफल भए । यस्तै अन्तिम १६ मा स्थान बनाउने क्रममा ललितपुरका बिकास महर्जन र रदीप महर्जनको जोडी, कैलालीका चन्द्रिका कथरिया र स्पोर्टस् हवका अनुज तामाङ्गको जोडी, पुलिसका जीवन आचार्य र एपिएफका बिजीत थापा मगरको जोडी, एपिएफका अमन महर्जन र सुजन थापाको जोडी, आर्मीका सुनिल कार्की र झापाका नविन सिलवालको जोडी, नखिपोटका विबेक कदङ्गवा र नल्सन राईको जोडी, मोरङ्गका दिपेन्द्र खड्का र जनम राईको जोडी, कास्कीका विधान अधिकारी र आर्मीका पविन लिनथेपको जोडी, मोरङ्गका बिवेक चौधरी र उज्जल पोखरेलको जोडी, एपिएफका क्षितीज खनाल र प्रनिश सिंह ठकुरीको जोडी तथा मोरङ्गका राजेन्द्र महर्जनको जोडी तथा कुशल राईको जोडी रहेका छन् ।

पुरुष ४५ बर्ष माथिको युगल तर्फको प्रतिस्पर्धामा सुनसरीका पुगेन्द्र लिम्बु र राम योञ्जनको जोडी, उदयपुरका बल बहादुर कार्की र चित्र थापाको जोडी, मोरङ्गका जीवन बोगटी र धन कुमार श्रेष्ठको जोडी, उर्लाबारी ब्याडमिन्टन क्लबका पोष्ट मगर र कमल वाईवाको जोडी, मोरङ्गका पदम धिमाल र धर्म राज राईको जोडी, ललितपुरका शान्ता डङ्गोल र सुमन (रत्नमान) महर्जनको जोडी, मोरङ्गका किरण सिंह बस्नेत र सुदीप पोखरेलको जोडीले पनि अन्तिम १६ मा स्थान पक्का गरे ।

LiNing Ad
पविन र प्रनिश क्वाटरफाइनलमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

Bajaj Pulsar Motorcycle Ad
आर्मीले तेस्रो स्थानका लागि खेल्ने पक्का

आर्मीले तेस्रो स्थानका लागि खेल्ने पक्का

संकटालाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी

संकटालाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी

पुलिसको फाइनल पुग्ने सम्भावना कायमै

पुलिसको फाइनल पुग्ने सम्भावना कायमै

 एपीएफलाई पराजित गर्दै थाइल्यान्ड क्विन्स तेस्रो

एपीएफलाई पराजित गर्दै थाइल्यान्ड क्विन्स तेस्रो

साफ यु–१९ महिला च्याम्पियनसिपको टिकटदर २०० र ५००

साफ यु–१९ महिला च्याम्पियनसिपको टिकटदर २०० र ५००

सेमिफाइनलमा शिभाली

सेमिफाइनलमा शिभाली

निरुताले थाइल्यान्ड क्विन्सविरुद्ध नखेल्ने

निरुताले थाइल्यान्ड क्विन्सविरुद्ध नखेल्ने

रियलविरुद्ध गोलकिपरको ऐतिहासिक गोल !

रियलविरुद्ध गोलकिपरको ऐतिहासिक गोल !