मिलानसँग टोटेनहम पराजित
बुधबार, फागुन ३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा इटालियन क्लब एसी मिलानले जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा मिलानले प्रिमियर लिग क्लब टोटेनहमलाई १-० ले हराएको हो ।
घरेलु मैदानमा मिलानलाई जित दिलाउन ब्राहिम डियाजले निर्णायक गोल गरे ।
डियाजले खेलको सातौं मिनेटमा गोल गरेका थिए ।
च्याम्पियन्स लिगको नकआउट चरणमा उनको यो पहिलो गोल हो ।
यस जितसँगै मिलानले अन्तिम आठमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
अब दुई टोलीबीचको दोस्रो लेग मार्च ८ मा हुनेछ ।
दोस्रो लेग टोटेनहमको मैदान लण्डनमा हुनेछ ।
मिलानसँग टोटेनहम पराजित









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



