पीएसजीलाई बायर्नले हरायो
बुधबार, फागुन ३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा जर्मन क्लब बायर्न म्युनिखले जित निकालेको छ ।
बायर्नले मंगलबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० गोल अन्तरले हराएको हो ।
पीएसजीको मैदानमा बायर्नलाई जित दिलाउन किङ्स्ले कोम्यानले निर्णायक गोल गरे ।
कोम्यानले खेलको ५३ औं मिनेटमा गोल गरेका थिए ।
खेलको ८२ औं मिनेटमा केलियन एमबाप्पेले पीएसजीका लागि गोल गरेका थिए । तर, भीएआर रिभ्युपछि उनको गोलले मान्यता पाएन ।
त्यस्तै खेलको अन्तिम केहि मिनेट बायर्न १० खेलाडीमा समेटियो ।
इन्जुरी समयमा बायर्नका बेन्जामिन पाभर्डले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएका थिए ।
अब पीएसजी र बायर्नबीचको दोस्रो लेग मार्च ८ मा हुनेछ । दोस्रो लेगको खेल बायर्नको मैदानमा हुनेछ ।
पीएसजीलाई बायर्नले हरायो









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



