साफ च्याम्पियनसिप भारतमा आयोजना हुने
मंगलबार, फागुन २, २०७९खेलपाटी संवाददाता

काठमाडौं । १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता भारतमा आयोजना हुने भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) को मंगलबार बसेको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप-२०२३ भारतमा गर्ने निर्णय गरेको हो ।
यद्दपी मिति र आयोजना हुने स्थान भने तय भएको छ । साफले मार्च १० सम्ममा आयोजना हुने स्थान तय हुने जनाएको छ।
यस अघि साफको १४ औं संस्करण बंगलादेशमा हुने तय थियो ।
यस संस्करणको साफ च्याम्पियनसिपमा ७ राष्ट्रले सहभागिता जनाउदै छन् । अघिल्लो संस्करणमा भुटान र पाकिस्तानले सहभागिता जनाएको थिएन ।
माल्दिभ्समा आयोजना भएको १३ औं साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो ।
नेपाल उपाधि भिडन्तमा भारतसँग ३-० ले पराजित भएको थियो ।
साफ च्याम्पियनसिप भारतमा आयोजना हुने









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



