भक्तपुर कपको खेल तालिका सार्वजनिक
मंगलबार, फागुन २, २०७९खेलपाटी संवाददाता

काठमाडौं । दोस्रो भक्तपुर कप खुला फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
आयोजक भक्तपुर युवा टिमले शुक्रबारबाट सुरु हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।
खेल तालिका अनुसार उद्घाटन खेलमा आयोजक भक्तपुर युवा टिम भक्तपुर र बौद्ध एफसी काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ ।
महेश्वरी खेल मैदान भक्तपुरमा हुने प्रतियोगिता १३ गतेसम्म चल्नेछ ।
प्रतियोगिताको विजेताले १ लाख २५ हजार र उपविजेताले ६० हजार रुपैयाँ प्राप्त गर्ने छन्।

भक्तपुर कपको खेल तालिका सार्वजनिक









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



