अफ्रिकन फरवार्ड मासोआबी जावलाखेलमा
मंगलबार, फागुन २, २०७९खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग क्लब जावलाखेलले अफ्रिकी फरवार्ड एनकोटो स्यानोउस मासोआबीलाई अनुबन्ध गरेको छ ।
जावलाखेलले मंगलबार सामाजिक संजालबाट मासोआबीलाई अनुबन्ध गरिएको जनाएको छ ।
मासोआबी अफ्रिकी राष्ट्र लेसोथोको राष्ट्रिय टिमका फरवार्ड हुन् । मासोआबीले लेसोथोका लागि ३१ खेलमा २० गोल गरेका छन् ।
जावलाखेलले नयाँ सिजनको 'ए' डिभिजन लिगका लागि फरवार्ड मासोआबीलाई अनुबन्ध गरेको हो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ ।
लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।

अफ्रिकन फरवार्ड मासोआबी जावलाखेलमा









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



