बार्सिलोनाका पूर्व खेलाडी मनाङमा अनुबन्धित
मंगलबार, फागुन २, २०७९खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग क्लब मनाङ मर्स्याङ्दीले सेनेगलका डिफेन्डर डावान्डु डियाग्नेलाई अनुबन्ध गरेको छ ।
मनाङले मंगलबार सामाजिक संजालबाट डिफेन्डर डियाग्नेलाई अनुबन्ध गरिएको जनाएको छ ।
डिफेन्डर डियाग्ने स्पेनिस क्लब बार्सिलोनाका पूर्व खेलाडी हुन् ।
२८ वर्षीय डिफेन्डरले बार्सिलोनाको 'बी' टिमबाट खेलेका थिए ।
उनले बार्सिलोनाको सिनियर टोलीमा समेत स्थान बनाएका थिए । तर, डेब्युको अवसर भने पाएका थिएनन् ।
डियाग्नेले सेनेगलका लागि २ खेल खेलेका छन् ।
कीर्तिमानी ८ पटकको च्याम्पियन मनाङले नयाँ सिजनको 'ए' डिभिजन लिगका लागि डियाग्नेलाई अनुबन्ध गरेको हो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ ।
लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
बार्सिलोनाका पूर्व खेलाडी मनाङमा अनुबन्धित









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



