बराबरीमा रोकियो इन्टर
मंगलबार, ०२ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलान बराबरीमा रोकिएको छ ।
सोमबार राति भएको खेलमा इन्टरले साम्पडोरियासँग गोलरहित बराबरी खेलेको हो ।
इन्टरले रेलिगेसन क्षेत्रको साम्पडोरियासँग उसैको मैदानमा बराबरी खेल्दै अंक बाडेको हो ।
यस बराबरीसँगै इन्टरले २२ खेल ४४ अंक जोडेको छ ।
इन्टर दोस्रो स्थानमा यथावत रहेको छ ।
साम्पडोरिया ११ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।
बराबरीमा रोकियो इन्टर










-1770799852128.png&w=3840&q=75)




