लिभरपुलले एभर्टनलाई हरायो
सोमबार, फागुन १, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।
सोमबार राति भएको खेलमा लिभरपुलले एभर्टनलाई २-० गोल अन्तरले हराएको हो ।
लिभरपुलको जितमा मोहमद सलाह र कोडी गाक्पोले एक एक गोल गरे ।
खेलको ३६ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ४९ औं मिनेटमा गाक्पोले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।
यस जितसँगै लिभरपुलले २१ खेलमा ३२ अंक जोडेको छ ।
लिभरपुल नवौं स्थानमा रहेको छ ।
एभर्टन १८ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।
लिभरपुलले एभर्टनलाई हरायो









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



