धनकुटालाई हराउँदै मानेभञ्ज्याङ दार्जिलिङ फाइनल प्रवेश

इलाम । इलामको माङसेबुङमा जारी पवित्रहाङमा कप फुटबल प्रतियोगितामा पाहुना टोली भारतको मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ फाइनल प्रवेश गरेको छ ।
प्रस्तावित आत्मानन्द रंगशालामा जारी प्रतियोगिताको दोश्रो सेमीफाइनल खेलमा धनकुटा फुटबल संघलाई टाइब्रेकरमा हराउँदै मानेभञ्ज्याङले कम्तीमा १ लाख १६० हजार रुपैया सुरक्षित गरेको हो ।
निर्धारित समयमा दुवै टोलीबाट समान १–१ गोल भएको थियो । पहिलो हाफमा सोनिया मारकले पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाइन् ।
इन्जुरी समयमा भुमिका राईले गोल गरेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा दार्जिलिङको तर्फबाट सोनिया मारक, ए निलु, अप्सना तामाङ र प्रिया तामाङले गोल गरिन् । धनकुटाका लागि बिर्सना चौधरीले एक मात्र गोल गरिन् । अन्य २ खेलाडीको प्रहार गोलमा परिणत नहुँदा धनकुटाको यात्रा सेमीफाइनलबाटै टुङ्गियो । गोमा रोक्काको प्रहार गोलरक्षक सुस्मा गुडियाले बचाइन् । भूमिका राईको प्रहार बाहिरिएको थियो ।
खेलको वुमन अफ दी म्याच दार्जिलिङकी सुस्मिता लेप्चा घोषित भईन् । उपाधिका लागि बुधबार नवदीप युवा क्लव मिक्लाजुङ मोरङ र मानेभञ्ज्याङ फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ । मोरङले ताप्लेजुङ फुटबल संघलाई हराउँदै यसअघि फाइनलमा स्थान बनाएको थियो ।
किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा लिङदेन ६७औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित प्रतियोगिताको बिजेताले २ दुई लाख १ सय ६० उपविजेताले एक लाख १ सय ६० प्राप्त गर्नेछ ।









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



