विरगंज युनाईटेडसँग एनआरटी पराजित
सोमबार, फागुन १, २०७९खेलपाटी संवाददाता
हेटौडा । 'ए' डिभिजन क्लब न्यूरोड टीम (एनआरटी) हेटौंडामा जारी पाँचौं संस्करणको स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताबाट बाहिरिएको छ ।
हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा सोमबार एनआरटीलाई विरगंज युनाइटेडले ३-२ गोल अन्तरले हराएको हो । एनआरटीमाथिको जितसँगै विरगंज अन्तिम आठमा प्रवेश गरेको छ ।
विरगंजको जितमा कृपा चौधरीले दुई र विवेक चौधरीले एक गोल गरे । कृपाले ५० र ७४ र विवेकले २९ औं मिनेटमा गोल गरेका थिए ।
एनआरटीको तर्फबाट दिनेश आले र ललिनुन जामाले एक/एक गोल फर्काए । एनआरटीको तर्फबाट दिनेशले २३ र ललिनुनले ७८ औं मिनेटमा गोल गरेका थिए ।
खेलको म्यान अफ दी म्याच वीरगञ्जका कृपा घोषित भए । उनले नगद दशहजार रुपैयाँ प्राप्त गरे ।
विरगंज युनाईटेडसँग एनआरटी पराजित









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



