उद्धघाटन खेलमा भद्रपुर र जयगाउँ एफसी भारत भिड्ने

इलाम । भद्रपुर झापा गोल्ड कप २०७९ को उद्धघाटन खेलमा घरेलु टोली भद्रपुर ब्लेजर्सले पाहुना जयगाउँ फुटबल क्लब भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ ।
फागुन ७ गतेदेखि मेची रंगशाला हुने प्रतियोगिताको सोमबार खेल तालिका सार्वजनिक गरिएको हो ।
नेकपा एमालेका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र आयोजक समितिका अध्यक्ष दिपेश ढकालले संयुक्त रुपमा खेल तालिका सार्वजनिक गरेका हुन् ।
प्रतियोगितामा ६ वटा ए डिभिजन क्लब सहित भारत, बंगलादेश र भुटानका १÷१ टोलीको सहभागिता रहेको छ ।
फागुन १६ गतेसम्म चल्ने प्रतियोगितामा ए डिभिजन टोली संकटा एफसी, विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र एपिएफ क्ल्बको सहभागिता रहेको छ । त्यसैगरी मछिन्द्र क्लब र नवप्रवेशी ए डिभिजन टोली चर्च ब्वाइज युनाइटेड सहभागी छ ।
पाहुना टोलीको रुपमा भारतको जयगाउँ फुटबल क्लब, भुटानको डुक ल्यायुल एफसी र बंगलादेशको काउवार्न बजार प्रगती संघ सहभागी छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र फाइनल खेलको पहिलो गोलकर्तालाई नगद २५ हजार प्रदान गरिनेछ ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २० हजार रुपैयाँ दिइनेछ ।









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



