चेल्सी गोलकिपर राया अनुबन्ध गर्न इच्छुक
सोमबार, फागुन १, २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीले गोलकिपर डेभिड राया अनुबन्ध गर्न इच्छा देखाएको छ ।
चेल्सी प्रिमियर लिग प्रतिद्वन्दी ब्रेन्टफोर्डबाट राया अनुबन्ध गर्न इच्छुक देखिएको हो ।
स्पेनिस गोलकिपर रायाको ब्रेन्टफोर्डसँगको सम्झौता १८ महिना मात्र बाँकी रहेको छ ।
२७ वर्षीय गोलकिपर २०१९ मा ब्रेन्टफोर्डमा अनुबन्धित भएका थिए ।
गोलकिपर रायालाई अनुबन्ध गर्न अर्का प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेडले समेत चासो देखाएको छ ।
गोलकिपर रायाले स्पेनका लागि २ खेल खेलिसकेका छन् ।
चेल्सी गोलकिपर राया अनुबन्ध गर्न इच्छुक









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



