महिला फुटबल टिम भारत प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली भारत प्रस्थान गरेका छन् ।
भारतसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली सोमबार बिहान त्यसतर्फ प्रस्थान गरेको हो ।
नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार नै बिदाइ गरेको थियो ।
मैत्रीपूर्णका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक अनन्त राज थापाले नेपाली टोलीको घोषणा गरिसकेका छन् ।
नेपाली टोलीले भारतसँग चेन्नईमा फेब्रुअरी १५ र १८ मा मैत्रीपूर्ण खेल खेल्नेछ ।
नेपाली टोली -
गोलकिपरः एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ
डिफेन्डरः हिरा कुमारी भुजेल, घिमकुमारी गुरुङ, अमृता जैशी, गीता राना, निशा थोकर, विमला विक, समीक्षा घिमिरे
मिडफिल्डरः विमला चौधरी, सविता राना मगर, सरु लिम्बु, दीपा शाही, रेणुका नगरकोटी, अनिता बस्नेत, प्रिती राई, अनिता केसी
फरवार्डः अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, निर्मला विक















