जावलाखेलको मुख्य प्रशिक्षकमा श्रेष्ठ
सोमबार, फागुन १, २०७९खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग क्लब जावलाखेलले सुनिल श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
जावलाखेलले सामाजिक संजालबाट श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
नयाँ सिजनको 'ए' डिभिजन लिगका लागि जावलाखेलले श्रेष्ठलाई टिम हेर्ने जिम्मेवारी दिएको हो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
यस्तै जावलाखेलले नरेश थापालाई सहायक प्रशिक्षक नियुक्त गरिएको समेत जनाएको छ ।

जावलाखेलको मुख्य प्रशिक्षकमा श्रेष्ठ













