आठौं संगम कप फुटबल फागुन ८ बाट
सोमबार, ०१ फाल्गुण २०७९खेलपाटी संवाददाता

पोखरा । आठौं संस्करणको संगम कप विल स्मृति फुटबल प्रतियोगिता फागुन ८ गतेबाट सुरु हुने भएको छ ।
पोखरा रंगशालामा आयोजना हुने प्रतियोगिता फागुन १३ गतेसम्म संचालन हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख ७५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । उपविजेता क्लबले १ लाख रुपैयाँ प्राप्त गर्ने छ।
सर्वोत्कृष्ट खेलाडीले नगद ७ हजारसहित ट्रफी पाउने छन् ।
विधागत रुपमा उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिडफिल्डर र फरवार्डले जनही ५÷५ हजार रुपैयाँ प्राप्त गर्ने छन्।
क्वाटरफाइनलबाट प्रत्येक म्यान अफ दि म्याच घोषित खेलाडीले नगद १ हजार रुपैयाँ पाउने छन्।
प्रतियोगितामा कास्की जिल्ला फुटबल संघमा आवद्ध क्लबहरुले मात्रै सहभागिता जनाउने पाउने छन् ।
यस्तै ए डिभिजन लिग खेलेका खेलाडीहरुले खेल्न नपाउने प्रावधान रहेको आयोजक क्लबले जनाएको छ ।
आठौं संगम कप फुटबल फागुन ८ बाट















