नापोलीलाई १६ अंकको अग्रता
सोमबार, ०१ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको नापोलीले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा नापोलीले क्रेमोनेसेलाई ३-० गोल अन्तरले हराएको हो ।
खेलको २१ औं मिनेटमा कभिचा केभाराटकेलियाले गोल गर्दै नापोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ६५ औं मिनेटमा भिक्टर ओसिमहेनले गोल गर्दै नापोलीको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ७९ औं मिनेटमा इलिफ इल्मासले गोल गर्दै नापोलीलाई ३-० को जित दिलाए ।
जितसँगै नापोलीले २२ खेलमा ५९ अंक जोडेको छ ।
नापोली दोस्रो स्थानको इन्टर भन्दा १६ अंकले अघि रहेको छ ।
क्रेमोनेसे ८ अंक जोडेर पुछारमा रहेको छ ।
नापोलीलाई १६ अंकको अग्रता















