डिपेको गोलमा एट्लेटिको विजयी
सोमबार, फागुन १, २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड विजयी भएको छ ।
आइतबार राति भएको खेलमा एट्लेटिकोले सेल्टा भिगोलाई १-० गोल अन्तरले हराएको हो ।
१० खेलाडीमा समेटिएको एट्लेटिकोलाई जित दिलाउन मेम्फिस डिपेले निर्णायक गोल गरे ।
डिपेले खेलको ८९ औं मिनेटमा गोल गरेका थिए ।
यस्तै खेलको ७० औं मिनेटमा स्टेफान साभिकले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटिएको थियो ।
यस जितसँगै एट्लेटिकोले २१ खेलमा ३८ अंक जोडेको छ ।
एट्लेटिको चौंथो स्थानमा रहेको छ ।
सेल्टा २३ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
डिपेको गोलमा एट्लेटिको विजयी













