युभेन्ट्स विजयी
सोमबार, फागुन १, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा युभेन्ट्सले फियोरेन्टिनालाई १-० गोल अन्तरले हराएको हो ।
युभेन्ट्सको जितमा एड्रिन राबिओटले निर्णायक गोल गरे ।
एड्रिनले खेलको ३४ औं मिनेटमा गोल गरेका हुन् ।
यस जितसँगै युभेन्ट्सले २२ खेलमा २९ अंक जोडेको छ ।
युभेन्ट्स नवौं स्थानमा रहेको छ ।
फियोरेन्टिना २४ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
युभेन्ट्स विजयी













