सिटीको सहज जित
सोमबार, फागुन १, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा सिटीले एस्टन भिल्लालाई ३-१ गोल अन्तरले हराएको हो ।
खेलको चौंथो मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ३९ औं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दा सिटीको अग्रता २-० को बन्यो ।
पहिलो हाफको इन्जुरी समयमा रियाद महरेजले पेनाल्टीबाट गोल गर्दा सिटी ३-० ले अघि रह्यो ।
खेलको ६१ औं मिनेटमा एस्टनका ओली वाट्किन्सले गोल गरेपनि सिटी ३-१ ले विजयी भयो ।
यस जितसँगै सिटी दोस्रो स्थानमा उक्लिएको छ ।
सिटीले २२ खेलमा ४८ अंक जोडेको छ ।
एस्टन २८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
सिटीको सहज जित













