जोकोभिच सेमिफाइनलमा
बुधबार, ११ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । सर्बियन टेनिस स्टार नोभाक जोकोभिच अष्ट्रेलियन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
मेलबर्नमा बुधबार भएको खेलमा रुसका एन्ड्री रुबलेभलाई हराउँदै जोकोभिचले सेमिफाइनलमा स्थान बनाएका हुन् ।
९ पटकको च्याम्पियन जोकोभिचले रुबलेभलाई ६-१, ६-२ र ६-४ ले पराजित गरे ।
जोकोभिच १० औं पटक अष्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
जोकोभिच दशौँ पटक अष्ट्रेलियन ओपन जित्ने योजनामा रहेका छन् ।
३५ वर्षीय जोकोभिचले गत वर्ष भने खेल्न पाएका थिएनन् ।
कोभिड-१९ को खोप नलगाएको कारण उनलाई फर्काईएको थियो ।
यस वर्ष भने अष्ट्रेलिया सरकारले खोप विना प्रवेश निषेधलाई फुकुवा गरेको थियो ।
अब जोकोभिचले सेमिफाइनलमा अमेरिकी खेलाडी टोमी पाउलसँग खेल्नेछन् ।
जोकोभिच सेमिफाइनलमा










-1770033375229.jpg&w=3840&q=75)




-1770007908441.webp&w=3840&q=75)
-1769997348347.webp&w=3840&q=75)