बेलले पीजीए गल्फ टुरमा प्रतिस्पर्धा गर्ने

काठमाडौं । वेल्स फुटबल टिमका पूर्व कप्तान तथा फरवार्ड ग्यारेथ बेलले पीजीए गल्फ टुर अन्तर्गतको प्रतियोगितामा सहभागिता जनाउने भएका छन् ।
फुटबल खेल जीवनबाट गत महिना सन्यास घोषणा गरेका बेलले आफुले गल्फको प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागेको बताएका छन् ।
बेलले आगामी फेब्रुअरीमा क्यालीफोर्नियामा हुने एटी एण्ड टी पेबल बिच प्रो एममा आफुले प्रतिस्पर्धा गर्ने बताएका छन्।
'म अर्को महिनाको सुरुमा एटी एन्ड टी पेबल बिच प्रो एममा खेल्ने घोषणा गर्न पाउँदा खुसी छु,' उनले सामाजिक संजालमा लेखेका छन् ।
बेलले ३३ वर्षको उमेरमा फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका थिए ।
बेल वेल्सका लागि सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । उनले वेल्सका लागि १ सय ११ खेल खेलेका छन् ।
साउथह्याम्पटनबाट व्यवसायिक फुटबलको थालनी गरेका बेलाल्ले टोटेनहम र रियल मड्रिडबाट खेलेका थिए ।
पछिल्लो पटक उनले अमेरिकाको एमएलएस क्लब लस एन्जलस एफसीबाट खेलेका थिए ।
कतार विश्वकपमा बेलले वेल्सको नेतृत्व गरेका थिए ।






-1761584666208.jpeg&w=3840&q=75)






-1762660030983.webp&w=3840&q=75)


-1762650963668.webp&w=3840&q=75)