विश्व नम्बर एक स्वेटेक अष्ट्रेलियन ओपनबाट बाहिर
आइतबार, माघ ८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । विश्व नम्बर एक महिला खेलाडी इगा स्वेटेक अष्ट्रेलियन ओपनको चौंथो चरणबाट बाहिरिएकी छन् ।
मेलबर्नमा आइतबार भएको खेलमा काजकिस्तानकी एलिना रेबाकिनासँग पराजित हुँदै स्वेटेक बाहिरिएकी हुन् ।
२२ औं वरियताकी एलिनाले पोल्याण्डकी स्वेटेकलाई ६-४ र ६-४ ले पराजित गरिन् ।
एलिना विम्बल्डन च्याम्पियन खेलाडी हुन् ।
अब एलिनाले क्वाटरफाइनलमा लात्भियाकी जेलिना ओस्टापेन्कोसँग खेल्ने छिन् ।
यस्तै सातौं वरियताकी अमेरिकी खेलाडी कोको गाउफ पनि चौंथो चरणमा पराजित भएकी छिन् ।
कोकोलाई चौंथो चरणमा जेलिनाले ७-५ र ६-३ ले पराजित गरिन् ।
विश्व नम्बर एक स्वेटेक अष्ट्रेलियन ओपनबाट बाहिर






1686853912-1760864621059.avif&w=3840&q=75)







-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)