जोकोभिच तेस्रो चरणमा
बिहिबार, ०५ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । सर्बियन टेनिस स्टार नोभाक जोकोभिच अष्ट्रेलियन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
मेलबर्नमा बिहीबार भएको खेलमा फ्रान्सका एन्जो कुवाकोडलाई हराएर जोकोभिचले तेस्रो चरणमा स्थान बनाएका हुन् ।
९ पटकको च्याम्पियन जोकोभिचले एन्जोलाई ६-१,६-७ (५-७), ६-२ र ६-० ले पराजित गरे ।
३५ वर्षीय जोकोभिचले गत वर्ष भने खेल्न पाएका थिएनन् ।
कोभिड-१९ को खोप नलगाएको कारण उनलाई फर्काईएको थियो ।
यस वर्ष भने अष्ट्रेलिया सरकारले खोप विना प्रवेश निषेधलाई फुकुवा गरेको थियो ।
दोस्रो वरीयताका कास्पर रुड भने दोस्रो चरणबाट बाहिरिएका छन् ।
नर्वेका रुडलाई अमेरिकी खेलाडी जेनसन ब्रुक्सबीले ६-३, ७-५,६-७ (४-७) र ६-२ ले पराजित गरे ।
जोकोभिच तेस्रो चरणमा










-1770033375229.jpg&w=3840&q=75)




-1770007908441.webp&w=3840&q=75)
-1769997348347.webp&w=3840&q=75)