राडुकानु अष्ट्रेलियन ओपनबाट बाहिर
बुधबार, ०४ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । बेलायती नम्बर एक महिला खेलाडी ईमा राडुकानु अष्ट्रेलियन ओपनको दोस्रो चरणबाट बाहिरिएकी छिन् ।
मेलबर्नमा बुधबार भएको खेलमा अमेरिकी खेलाडी कोको गाउफसँग पराजित हुँदै राडुकानु बाहिरिएकी हुन् ।
सातौं वरीयताकी कोकोले ७७ औं वरीयताकी राडुकानुलाई ६-३,७-६(७-४) ले हराएकी हुन् ।
२० वर्षीया राडुकानु एन्कल चोटबाट पीडित रहदै आएकी छिन् ।
सन् २०२१ मा युएस ओपन जितेपछि राडुकानुले ग्रान्डस्लामको तेस्रो चरणमा स्थान बनाउन सकेकी छैनन् ।
राडुकानु अष्ट्रेलियन ओपनबाट बाहिर










-1770033375229.jpg&w=3840&q=75)




-1770007908441.webp&w=3840&q=75)
-1769997348347.webp&w=3840&q=75)