साविक विजेता नाडाल बाहिरिए
बुधबार, ०४ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । साविक विजेता तथा स्पेनिस टेनिस स्टार राफायल नाडाल अष्ट्रेलियन ओपनको दोस्रो चरणबाट बाहिरिएका छन् ।
मेलबर्नमा बुधबार भएको दोस्रो चरणको खेलमा अमेरिकी म्याकेन्जी म्याकडोनाल्डसँग पराजित हुँदै नाडाल बाहिरिएका हुन् ।
चोटका बाबजुत खेलेका नाडाललाई म्याकडोनाल्डले ६-४,६-४ र ७-५ ले पराजित गरे ।
खेलको दौरान उनलाई हिपको समस्या देखिएको थियो ।
३६ वर्षीय नाडाल अष्ट्रेलियन ओपनमा दुई पटकको च्याम्पियन हुन् ।
म्याकडोनाल्ड भने तेस्रो चरणमा प्रवेश गरेका छन् ।
साविक विजेता नाडाल बाहिरिए










-1770033375229.jpg&w=3840&q=75)




-1770007908441.webp&w=3840&q=75)
-1769997348347.webp&w=3840&q=75)