साविक विजेता नाडाल बाहिरिए
बुधबार, माघ ४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । साविक विजेता तथा स्पेनिस टेनिस स्टार राफायल नाडाल अष्ट्रेलियन ओपनको दोस्रो चरणबाट बाहिरिएका छन् ।
मेलबर्नमा बुधबार भएको दोस्रो चरणको खेलमा अमेरिकी म्याकेन्जी म्याकडोनाल्डसँग पराजित हुँदै नाडाल बाहिरिएका हुन् ।
चोटका बाबजुत खेलेका नाडाललाई म्याकडोनाल्डले ६-४,६-४ र ७-५ ले पराजित गरे ।
खेलको दौरान उनलाई हिपको समस्या देखिएको थियो ।
३६ वर्षीय नाडाल अष्ट्रेलियन ओपनमा दुई पटकको च्याम्पियन हुन् ।
म्याकडोनाल्ड भने तेस्रो चरणमा प्रवेश गरेका छन् ।
साविक विजेता नाडाल बाहिरिए






1686853912-1760864621059.avif&w=3840&q=75)







-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)