जोकोभिच दोस्रो चरणमा
मंगलबार, माघ ३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । सर्बियन टेनिस स्टार नोभाक जोकोभिच अष्ट्रेलियन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् ।
मेलबर्नमा मंगलबार भएको खेलमा स्पेनका रोबर्टो कार्बालेस बेनालाई हराएर जोकोभिचले दोस्रो चरणमा स्थान बनाएका हुन् ।
९ पटकको च्याम्पियन जोकोभिचले रोबर्टोलाई ६-३,६-४ र ६-० ले पराजित गरे ।
३५ वर्षीय जोकोभिचले गत वर्ष खेल्न पाएका थिएनन् ।
कोभिड-१९ को खोप नलगाएको कारण उनलाई फर्काईएको थियो ।
यस वर्ष भने अष्ट्रेलिया सरकारले खोप विना प्रवेश निषेधलाई फुकुवा गरेको थियो ।
जोकोभिच दोस्रो चरणमा






1686853912-1760864621059.avif&w=3840&q=75)







-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)