मर्रेको उत्कृष्ट जित
मंगलबार, माघ ३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । बेलायती खेलाडी एन्डी मर्रे अष्ट्रेलियन ओपनको दोस्रो चरणमा प्रवेश गरेका छन् ।
मेलबर्नमा मंगलबार भएको खेलमा इटालीका माटियो बेरेट्टीनीमाथि रोमान्चक जित निकाल्दै मर्रे दोस्रो चरणमा पुगेका हुन्।
सुरुआती दुई सेट मर्रेले सहज जितेका थिए । तर, त्यसपछि पुनरागमन गर्दै माटियोले दुई सेट जितेपछि पाँचौ सेटमा पुगेको खेल रोमान्चक बनेको थियो ।
रोमान्चक खेलमा ३५ वर्षीय मर्रेले १३ औं वरीयताका माटियोविरुद्ध ६-३, ६-३, ४-६,६-७ (७-९) र ७-६ (१०-६) ले जितेको हो ।
यससँगै मर्रेले २०१७ पछि ग्रान्डस्लाममा शीर्ष २० वरीयता भित्रका खेलाडीमाथि पहिलो जित निकाल्न सफल भएका छन् ।
बेलायतकै डान इभान्सले समेत दोस्रो चरणको यात्रा तय गरेका छन् ।
मर्रेको उत्कृष्ट जित






1686853912-1760864621059.avif&w=3840&q=75)







-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)