मेदभेदेब र सित्सिपास दोस्रो चरणमा
सोमबार, ०२ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । रुसी खेलाडी डानिल मेदभेदेब अष्ट्रेलियन ओपनको दोस्रो चरणमा प्रवेश गरेका छन् ।
मेलबर्नमा सोमबार भएको खेलमा अमेरिकाका मार्कोस जिरोनलाई हराउँदै मेदभेदेब दोस्रो चरणमा पुगेका हुन् ।
अष्ट्रेलियन ओपनमा दुई पटकको उपविजेता मेदभेदेबले जिरोनलाई ६-०,६-१ र ६-२ ले पराजित गरे ।
यस्तै ग्रीसका स्टेफानोस सित्सिपास पनि दोस्रो चरणमा प्रवेश गरेका छन् ।
सित्सिपासले फ्रान्सका क्विनटिन हाल्य्सलाई ६-३,६-४ र ७-६ (८-६) ले पराजित गरे ।
महिलातर्फ इगा स्वेटेकले दोस्रो चरणको यात्रा तय गरेकी छिन् ।
मेदभेदेब र सित्सिपास दोस्रो चरणमा










-1770033375229.jpg&w=3840&q=75)




-1770007908441.webp&w=3840&q=75)
-1769997348347.webp&w=3840&q=75)