आमा बन्दै ओसाका
बिहिबार, २८ पौष २०७९खेलपाटी संवाददाता

काठमाडौं । जापानी टेनिस स्टार नाओमी ओसाका आमा बन्ने भएकी छन् ।
पूर्व विश्व नम्बर एक ओसाकाले सामाजिक संजालबाट आमा बन्न लागेको घोषणा गरेकी हुन् ।
२५ वर्षिया ओसाका २०१९ बाट अमेरिकी र्यापर कोरडाइसँग डेट गरिरहेका छन् ।
चार पटकको ग्रान्डस्लाम विजेता ओसाकाले हालै अष्ट्रेलियन ओपन टेनिसबाट नाम फिर्ता लिएकी थिइन् ।
वर्षको पहिलो ग्रान्डस्लाम अष्ट्रेलियन ओपन जनवरी १६ बाट सुरु हुँदैछ ।
ओसाकाले २०१९ र २०२१ मा अष्ट्रेलियन ओपन जितेकी थिइन् ।
आमा बन्दै ओसाका










-1770033375229.jpg&w=3840&q=75)




-1770007908441.webp&w=3840&q=75)
-1769997348347.webp&w=3840&q=75)