टेनिस टोली बंगलादेश प्रस्थान
काठमाडौं । आईटीएफ एसिया यु–१४ डेभलोप्मेन्ट च्याम्पियनसिपको दक्षिण÷दक्षिण पूर्वी÷पूर्वी एसिया क्षेत्रीय छनोट प्रतियोगितामा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली लनटेनिस टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गरेको छ ।
जनवरी ९ देखि १९ तारिखसम्म हुने प्रतियोगितामा २–२ ब्वाइज÷ गर्ल्स खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । ब्वाइजमा दर्शिल श्रेष्ठ र निशाद जोशी तथा गर्ल्समा शिभाली गुरुङ र स्वस्तिका विष्ट रहेका छन् । प्रशिक्षकमा कान्छा खड्गे छन् ।
प्रतियोगितामा १६ राष्ट्रको सहभागिता रहने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । प्रत्येक राष्ट्रबाट २–२ ब्वाइज-गर्ल्स गरी ४ खेलाडी सहभागी हुन पाउने प्रावधान छ ।
टोलीलाई सफलताको शुभकामना दिदै नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा आयोजित एक कार्यक्रमबीच बिदाइ गरिन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)


-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)

