सोतोकान कराते टोलीको बिदाइ
बुधबार, पुष २०, २०७९खेलपाटी संवाददाता
काठमाडौं । भारतको कोलकातामा हुने ३१ औं खुला अन्तर्राष्ट्रिय सोतो कपमा सहभागी हुने टोलीलाई बुधबार बिदाइ गरियो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरे ।
जनवरी ७ देखि ८ तारिखसम्म हुने प्रतियोगितामा ५६ खेलाडीले विभिन्न स्पर्धामा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
नेपाल सोतोकान कराते संघका महासचिव श्याम शेर्पाको नेतृत्वमा खेलाडीसहित ६२ सदस्यीय टोली बिहीबार कोलकाता प्रस्थान गर्दैछ ।
सोतोकान कराते टोलीको बिदाइ






-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)








