कराते टोली भारत जाने

काठमाडौं । भारतको वेस्ट बंगाल दार्जीलिङमा आयोजना हुने पहिलो दक्षिण एसिया ओपन शिदोकान अन्तराष्ट्रिय च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
नेपाल क्योकुसिन कराते संघ आइ के एका बिजय राई र अनमोल माझीले प्रतियोगितामा सहभागिता जनाउने छन् ।
प्रतियोगितामा सहभागिता जनाउन दुई खेलाडीसहित ५ सदस्सीय नेपाली टोली मंगलबार भारत प्रस्थान गरेका छन् ।
प्रतियोगिता डिसेम्बर २६ देखि जनवरी १ सम्म हुनेछ ।
नेपाली टोलीको प्रतिनिधित्व गर्दै संघका अध्यक्ष टीका श्रेष्ठ थिङ, प्रशिक्षकमा आइ के ए सचिव समेत रहेका मनिस कार्की र ब्यबस्थापकमा संघका वरिष्ठ सल्लाहकार भिमसेन आचार्य भारत जाने टोलीमा छन् ।
भारत जाने नेपाली टोलीलाई नेपाल क्योकुशिन कराते आइ के ए का ब्रान्च चिफ शिहान प्रेम बहादुर लामा, वरिष्ठ उपाध्यक्ष लाल बहादुर चन्द, महासचिव राज कुमार श्रेष्ठ, कोषाध्यक्ष रेबती श्रेष्ठ, सह-कोषाध्यक्ष भुवन बहादुर तामाङले बिदाइ गरे ।






-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)



copy-1761474438174-1761732681780.avif&w=3840&q=75)
-1761730672592.jpg&w=3840&q=75)


-1761707860126.webp&w=3840&q=75)
-1761705403613.webp&w=3840&q=75)