दोस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते माघमा

काठमाडौं । दोस्रो संस्करणको कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता माघमा आयोजना हुने भएको छ ।
नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुर र गोदावरी नगरपालिकाले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ २६ देखि २८ गतेसम्म हुने जनाएको छ ।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ) का खेलाडीको सहभागिता रहने छ ।
महिलामा १० तौल समूह ४५,५०,५५,६१,६८ केजी तौल मुनि र ६८ तौल माथिको एकल काता र टिम कातामा प्रतिस्पर्धा हुनेछ ।
पुरुषमा ५०,५५,६०,६७,७५,८४ केजी तौल मुनि र ८४ केजी माथि एकल काता र टिम कातामा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा कुल २ सय ४० खेलाडीको सहभागिता रहने छ । यस्तै खेलाडी, प्रशिक्षक, व्यवस्थापक, निर्णायक, प्राविधिक गरि ३ सय १० जनाको सहभागिता रहनेछ ।
प्रतियोगिता सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको कराते हलमा हुनेछ ।
प्रतियोगिताको प्रायोजन गोदावरी नगरपालिका रहेको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष तथा जिल्ला प्रमुख डोजो ललितपुरका अध्यक्ष दीपक श्रेष्ठ र गोदावारी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे ।






-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)




copy-1761474438174-1761732681780.avif&w=3840&q=75)
-1761730672592.jpg&w=3840&q=75)


-1761707860126.webp&w=3840&q=75)