आईएफकेके कराते टोली भारत जाने
बुधबार, मंसिर २८, २०७९खेलपाटी संवाददाता
काठमाडौं। राष्ट्रिय कराते प्रतियोगिता (आईकेओकेएस) कोलकाता ब्रान्चेस) मा सहभागी हुन ७ खेलाडीसहित १३ सदस्यीय इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते (आईएफकेके) टोली बिहीबार भारतको कोलकाता प्रस्थान गर्दै छ ।
डिसेम्बर १६ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा सुमन थापा मगर, प्रिन्स देउला, प्रवेश गुरुङ, शेख रिज्वान उलाङ, सुशान्त सापकोटा, इशान सापकोटा र प्रञ्चलाल घिसिङले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।
प्रशिक्षकमा घनश्याम श्रेष्ठ, व्यवस्थापकमा सानुराजा महर्जन, अफिसियलमा कुमार दनुवार, सुप्रिम रेफ्रीमा प्रेम लामा तथा रेफ्रीमा रेवतीप्रसाद सापकोटा र निरकमल थापा रहेका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।
आईएफकेके कराते टोली भारत जाने






-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)




copy-1761474438174-1761732681780.avif&w=3840&q=75)
-1761730672592.jpg&w=3840&q=75)


-1761707860126.webp&w=3840&q=75)